परोपकारी राहत कोष
(A charity Fund, Belgium)
गैर आवासीय नेपाली संघ, बेल्जियम
प्रस्तावना: बेल्जियममा नेपालीहरु झन्डै दुई दशक देखि बसोबास गर्ने क्रममा देखेका भोगेका घटना तथा समस्याहरुको अनुभवको आधारमा विभिन्न किसिमले भैपरी आउने जटील समस्याहरुलाई मानवीय रुपमा तत्काल राहत पुर्याउन र प्रवासमा नेपालीहरु बीच असहज अवस्थामा साथ दिदै भावनात्मक रुपमा एकता ल्याउन गैर आवासीय नेपाली संघ बेल्जियमको मातहतमा एक परोपकारी कोष स्थापना गरीए तुरुन्त संचालनमा ल्याउन अति आवश्यक र शान्दर्वीक देखिएकोले यो आपतकालीन राहत कोष स्थापना गरिएको हो ।
१. नाम: - परोपकारी कोष बेल्जियम (A Charity Fund Belgium ) रहने छ ।
२. संरक्षण कोष स्थापना तथा यसको परियोजनाकार बर्तमान अध्यक्ष श्री प्रेम बहादुर गुरुङ प्रमुख संरक्षक रहने छन् र सस्थाको अध्यक्ष महासचिव र कोषाध्यक्ष पदेन सदस्य रहने छन् ।
३. आजीवन संरक्षक रहन ईच्छुक व्यक्तिहरुले कम्तिमा दुई हजार यूरो दाखिला गर्नु पर्ने छ ।
४. संचालन कोष संचालनको बिधि संरक्षक तथा कार्यसमितिले तोकेका संचालक हरुको समिति ले तय गर्ने छ । संचालकमा बैक खाता संचालक सदस्यहरु पदेन संचालक रहने छन् ।
५. बैंक खाता बैक संग परामर्श गरी एन आर एन बेल्जियम को मातहतमा बैक खाता खोलिसकिएको छ ।
६. कोषमा दाखिला हुन आएको जम्मा रकम संचालन गर्ने क्रममा कोषमा न्यूनतम दुई हजार यूरो नघटाई संचालन गर्न सकिने छ (कोष कोष संचालन गर्दा दुई हजार यूरो न्यूनतम अनिवार्य रहनु पर्ने छ )
७. संचालक समितिको दुई तिहाई सदस्यले कोषको मूल मर्ममा आशार नपर्ने गरी आएश्यकता अनुसार संसोधन गर्न सक्ने छन् ।
८. संचालन बिधि:-
क) कोष बाट प्राप्त ब्याजका साथै अन्य विभिन्न श्रोत बाट संकलित रकम परोपकारी कार्यमा उपयोग गरिने छ ।
ख) संचालक समितिको कम्तिमा दुई तिहाई सदस्यहरुको निर्णय बाट मात्रै कोष संचालन गर्न सकिने छ ।
ग) तत्कालका लागी बेल्जियम भित्र बसोबास गर्ने नेपाली हरुका लागी मात्र कोष संचालनमा ल्याईने छ ।
घ) अत्यन्तै जटील मानवीय सहयोग पुर्र्याउनै पर्ने अवस्थामा मात्र यो कोषको रकम प्रयोग गरिने छ ।
ङ) राहत रकम कति दिने भन्ने अन्तिम निर्णय समितिले गर्ने छ । सहयोग रकम एक पटकमा पाच सय भन्दा बढी रहने छैन आवश्यकता अनुसार समितिले आकस्मिक अवस्थामा मात्र रकम थप गर्न सक्ने छ ।
च) कोषमा बचत राशिको आधारमा कति सम्म राहत रकम प्रदान गर्ने भन्ने निर्णय समितिले तत्कालिन अवस्था अनुसार निर्णय लिन सक्ने छ ।
छ) राहत रकम माग गर्ने व्यक्तिले परोपकारी कोषको नियम भित्र रही एन आर एन बेल्जियमलाई निवेदन दिनु पर्ने छ । निवेदनको आधारमा समितिले निर्णय गरि आवश्यकता अनुसार सार्वजनिक गर्ने छ ।
९. कोषको श्रोत:-
क) विभिन्न व्यक्ति तथा संघ-संस्था बात प्राप्त आर्थिक सहयोग ।
ख) एन आर एन बेल्जियमले गरेका विभिन्न परोपकारी कार्य बाट बचत रकम ।
ग) स्थानीय सरकार बाट प्राप्त सहयोग ।