एनआरएनए बेल्जियमद्धारा शितलहर पीडितलाई आर्थिक सहयोग

Published On: Thursday, February 1, 2018 | Source: NRNA BELGIUM
                 हावामा पानीको मात्रा मिलेर गह्रौ बनेको चिसो कुहिरो पृथ्वीको सतहमै जमेर बसेको अवस्थामा चिसो हावा चल्न थालेपछि त्यसले जिब जगतलाई अत्यन्त हानि पुर्याउछ । त्यो अवस्थालाई हामीले शीतलहर भनेर बुझ्दछौं । त्यसले बातावरणलाई अत्यन्त चिसो बनाउनुको साथै शारीरिक रुपमा समेत हानि पुर्याउछ । सितलहर चलेको अवस्थामा अत्याधिक चिसोका कारण कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वास जस्ता रोगहरुको संक्रमण बढ्ने खतरा ज्यादा हुन्छ ।
          यो पटकको सितलहरमा पनि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धाहरु बढी चाप देखियो ।त्यति मात्रै हैन सिरहा गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साह,धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि सितलहरले कठाङ्ग्रिएर दर्दनाक मृत्यु भएको जानकारीमा आउदा नेपालको सरकारलाई नै धिक्कार्न मन लाग्छ । यस्तै, सप्तरीमा पनि चिसोकै कारण सातजनाको मृत्यु भएको थियो । महादेव गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगम ,छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा अझै चिसोका बिरामी ४० प्रतिशतको हाराहारीमा छन् ।एककाइसौ सताब्दिमा पनि न्यानो बास र लुगाको अभाबले सितलहरबाट ज्यान गुमाउनु भनेको ज्यादै दुखद कुरा हो। यसबाट प्राय गरिब, मजदुर , बृद्ध र बालबालिका नै बढी प्रभावित हुने गर्दछन। ति उत्पिडित नेपालीहरुलाई उनीहरुको बाच्न पाउने अधिकारको ग्यारेण्टी राज्यले राज्यले गर्नु पर्ने हो। तर लाग्छ राज्य निदाइरहेको छ । त्यो बर्गलाई परोपकारी मन भएका ब्याक्ति र परोपकारी संघ सँस्थाहरुले स्वास्थ्य सिबिर,न्यानो कपडा वितरण र धुर्मुस सुन्तलीले जस्तो न्यानो बासको ब्याबस्था गरेर मानबिय सहयोग पुर्याई रहेका छन् ।
                 ति दुखिहरुको सहारा बनेर बेल्जियमका नेपालीहरुले पनि एनआरएनए मार्फत एक उदहरणिय कार्य गरेका छन । त्यसै सन्दर्भमा एनआरएन बेल्जियमले बेल्जियमका परोपकारी मनहरुलाई आर्थिक सहयोगको अपिल गर्यो । त्यो अनुरोधलाई स्वीकार्दै सक्नेले धेरै दिए नसक्नेले केहि दिए र मानबिय कार्यमा आफ्नो नाम लेखाए । दुखिहरुको दुखमा सहभागी हुनु आत्मा गौरबको लागि मात्र नभएर यो पुण्य कर्म पनि हो । गैह्र आवाशीय नेपाली संघ बल्जियमले आर्थिक सहयोग मार्फत पुण्य कमाउनु भएका सबैको भर्खरै मात्र विवरण सार्वजनिक गरेको छ ।
               यो विवरण संघले सँकलित सम्पुर्ण रकम एनआरएनए केन्द्रको नेपालस्थित बैंक खातामा पठाईसके पछि मात्र सार्वजनिक गरेको हो । तीन दिनभित्र एवीसी टेलिभिजनका सम्वाददाता, रिपोर्टस क्लव २ नं प्रदेश कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाइन अध्यक्ष अभिमन्यूु राउतको सँयोजनमा स्थानीय प्रमुुख जिल्ला अधिकारी मार्फत रकम वा आवश्यक सामाग्री सम्बन्धित पीडितहरु समक्ष पुर्याइने सो संघका अध्यक्षले लोक दाहालबाट थाहा हुन आएको हो ।
                                संघले आजका मितिदेखि शीतलहर सम्बन्धी आर्थिक सँकलन अभियान बन्द गरिएको समेत जानकारी गराएको छ ।
दिइएको विवरण अनुसार एनआरएन अध्यक्ष लोक दाहाल ,बेल्जियम २००, जनसम्पर्क समिति बेल्जियम १००, साँग्रिला समाज १००, हाम्रो क्लव ब्रुुज १००, के.स. एनआरएन लीला शर्मा मानन्धर १००, इन्द्र ओली १००, एनआरएन महासचिव  आङमाया लामा १००, यूरो नेपाल कलाकार सँघ १००, तमुधीँ १०० युरो, हुुमनाथ पाण्डे ५१, प्रेम पाठक ५०, गँगा शर्मा ५१, मदन दवाडी ५१, इश्वरा शर्मा ३०, कमल पन्थी ५१, किरात समाज १००, बिष्णु भुजेल ५०, चिनिया दुवाल ५१, दिपक न्यौपाने ५१, कुल बहादुर कार्की ३१, रिता श्रेष्ठ २० र राम प्रसाद सापकोटाको २५ युरो गरि सँकलित जम्मा रकम १६१२ युरो (एक हजार छ सय बाह्र यूरो) संकलन भएको थियो ।

(स्रोत:http://sansarnews.com)