नवागन्तुक नेपाली सुमन देवकोटा को स्वास्थ्य उपचारबारे भैरहेको प्रगति बारे जानकारी !!!!

Published On: Friday, February 16, 2018 | Source: NRNA BELGIUM

आदरणीय पँजीकृत सदस्यहरु एनआरएन बेल्जियम एवँ नेपाली समुदाय ।
नवागन्तुक नेपालीहरुलाई पर्न सक्ने समस्या तथा यसमा एनआरएनले गर्न सक्ने सहयोगबारे एनआरएन सदैव तत्परताका साथ लागिरहेको छ । हालैमात्र नेपालबाट बेल्जियम आईपुग्नु भएका श्री सुुमन देवकोटा (कास्की) को स्वास्थ्य उपचारका लागि अध्यक्ष लोक दाहालको नेतृत्वमा निरन्तर प्रयासरत रही स्थानीय चिकित्सकहरुको पहलमा हाल अस्पताल भर्ना गरिएको तथा उहाँको स्वास्थ्य वीमा नभएपनि उपचार गरिदिने भएको छ । ८ फेब्रअरीमा अध्यक्षकै नेतृत्वमा अस्पतालमा भएको.डा ग्रेत भान स्प्रीन्गल, वकील सोफी को सहयोगले देवकोटा लाई बेल्जीयममा उपचार हुने निर्णय गरेको छ । उपचारको क्रममा लागीने खर्च हामीले बेहोर्न नपर्ने ,आगामी ४० दिन सम्म उहाँलाई विशेष उपचार गरिने र त्यसपछि हुने मूल्याँकन पश्चात अगाडीको व्यवस्था हुने जानकारी गराउदै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । परिवारसँग पनि निरन्तर सम्पर्क र परामर्श जारी छ । धन्यवाद ।
लोक दाहाल -अध्यक्ष, दीपेन्द्र के.सी. -प्रवक्ता, आड.माया लामा, -महासचिव