एन आर एन बेल्जियम को सूचना

, Source: NRNA BELGIUM

आदर्णीय  वेिल्जयमवासी गैरअावासीय नेपाली समूदायहरू, गैरअावासीय नेपाली संघ अन्तर्रािषटय समन्वय परीषदकाे अागामी अक्टाेवर 12 देिख 14 सम्म काठमांडाैमा संपन्न हून गैरहेकाे पांचाै िवश्व सम्मेलनमा अायाेजक समीितकाे िनर्देशानूसार िवश्व सम्मेलनमा प्रतीिनििधकाे रूपमा भाग िलन इच्छूक पंिजकृृत सदस्य ज्यूहरूले अनीवार्य रूपमा 30 सेप्टेम्वर, 2011 सम्ममा ताेिकएकाे फारम भरी एनअारएन वेिल्जयममा दर्ता गर्न हूून सादर अनूराेध गर्दछू । दर्ता फारम यसै सूचनाका साथ संलग्न छ ।

नेपाल महोत्सव सम्पन्न गर्न एनआरएन बेल्जियमको सयुक्त बैठकको निर्णयहरु

, Source: NRNA BELGIUM

नेपाल महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको निम्ति एनआरएन बेल्जियमले  गत ०७ सेप्टेम्वर आईतवारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा बिभिन्न संघ-संस्थाहरु संगको नेपाल महोत्सव सम्वन्धि संयुक्त बैठकले केहि समिति गठन गरी जिम्मेवारी समेत प्रदान गरेको छ । बैठकले एनआरएन ए बेल्जियमको संयोजनमा नेपाली दूतावास बेल्जियमको अभिभावकत्व तथा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाहरु, BNFA  लगाएत चिजकुमार श्रेष्ठ “सानो”, बिनोद धिताल, कमल पन्थी, कमल भारती, चित्र गुरुङ, आर बी घले र राम पुन को  संयुक्त आयोजनामा नेपाल महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गर्यो । यसै गरी कार्यक्रमलाई सफल पार्न सबै संघ सस्थाको साथै १०१ युरो सहयोग गर्ने प्रत्येक व्यक्तिलाई समेत आयोजक समितिमा राख्ने निर्णय गर्यो । ३८ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सात समितिको गठन गरेको छ ।

गैर आवासीय नेपाली संघ बेल्जियमको विज्ञप्ती

, Source: NRNA BELGIUM

नेपाली महिलाहरुको धार्मिक  तथा साँस्कृतिक पर्व हरितालिका तिजको उपलक्ष्ययमा बेल्जियम, नेपाल तथा संसारका विभिन्न मुलुकहरुमा रहेका सम्पुर्ण नेपाली नारीहरुलाई संवृद्धि, उन्नती र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। बेल्जियमका विभिन्न सामाजिक संस्था एवं समाजहरुले गरेका तिजी कार्यक्रमहरुको पुर्ण सफलताको कामना तथा ऐक्यवद्धता व्यक्त गर्दछौं । यस्ता कार्यक्रहरुबाट नेपाल, नेपाली भाषा , कला संस्कृतिको प्रवद्र्धन र संवद्र्धन र जर्गेना हुने विश्वास लिएका छौं ।

एसेन्टा छानबिन समिति को प्रेस बिज्ञप्ती

, Source: NRNA BELGIUM

सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा संघ संस्थाहरु, नेपाली समुदाय बेल्जियम । बिषय : सत्य तथ्य सूचना र विवरण उपलब्ध गराइ सहयोग गरी दिन हुन अनुरोध । Acenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न, मिति २३ मे २०१६ का दिन एनआरएनए बेल्जियमको सचिबालयको बैठकले हामीलाई समयावधी  सहित स्वतन्त्र छानबिन गरी कार्यबाहिको सिफारीस गर्न आधिकारिक रूपमा अधिकार प्रत्यायोजन सहितको पत्र बुझाए अनुसार समितिले प्रारम्भिक कार्य थालनि गरेको जानकारी सन्बन्धित सबैलाई जानकारी गराउदछौ ।

एनआरएन ए बेल्जियमको हार्दिक अपील !!

, Source: NRNA BELGIUM

आदरणीय आवासीय नेपाली दाजू भाई तथा दिदीबहिनीहरु हालै सिन्धुपाल्चोकको, राम्चे ५ जुरे तथा संखुवासभा गएको भिषण बाढी तथा  पहिरो बाट हुन गएको जनधनको क्षति साथै उक्त पहिरोमा हराई रहेका हरुको तत्काल उद्धार तथा घाईते हरुको लागी यथा शिघ्र राहत तथा बिस्थापित हरुलाई अस्थाई वा स्थाई रुपमा बसोबास व्यवस्थापन उपलब्ध गराउन एनआरएन ए बेल्जियम को तर्फ बाट रु १५०,००० (एकलाख पचाहजार) तत्काल राहत स्वरू प्रदान गर्ने निर्णय गरेको जानकारी गराई सकेका छौ ।