News

  • Home
  • News
  • कार्यसमिति बैठकका निर्णयहरु – २

कार्यसमिति बैठकका निर्णयहरु – २



गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको बैठक अध्यक्ष श्रीमती सीता सापकोटाको अध्यक्षतामा आज आइतवार -१३ अगष्ट २०२३_ का दिन टिन्सभेस्ट १२, ३००० लुभेनमा बस्यो । कार्यसमिति बैठकमा संघका पूर्वअध्यक्षहरु, संघका आइसीसी सदस्यहरु, कार्यसमितिका सदस्यहरु र पदाधिकारीहरु गरि ३० जनाको विशेष उपस्थिति थियो । वैठकमा प्रस्तुत प्रस्तावित अजेण्डाहरु माथि छलफल गरि निम्मनानुसार निर्णयहरु गरिएको छ ।

१. संस्थाको बार्षिक क्यालेन्डर 

निर्णय :  गैरआवासीय नेपाली संघ बेल्जियमको वार्षिक गतिविधिहरुलाई समेटेर वार्षिक क्यालेडर निमार्ण गर्नको लागि संस्थाका उपमहासचिव राजेन्द्र कार्कीलाई जिम्मा दिने निर्णय गरिएको छ

२. राहत कोष वृद्धि तथा संचालन कार्यविधि 

निर्णय :  एनआरएनए बेल्जियमले स्थापना गर्ने आपतकालिन राहत कोष बृद्धि गर्न र संचालनको लागि कार्यविधि तयार गर्ने लगायत बेल्जियमस्थित बिभिन्न सामाजिक संघसँस्थाहरुसंग समन्वयन गरि परियोजना अघि बढाउन संस्थाकी अध्यक्ष श्रीमति सीता सापकोटालाई जिम्मेवारी दिने निर्णय गरियो । आजको बैठकमा कार्यसमितिका सदस्यहरुबाट सो कोषको लागि ६ हजार ६ सय ५३ युरोको प्रतिबद्धता प्राप्त भयो । दाताहरुको नामावली कोषाध्यक्ष अजित तुलाचनले पछि एकै पटक सार्वजनिक गर्ने निर्णय गरियो ।

३. आचार संहिता लागू गर्ने सम्बन्धमा

निर्णय :  गैरआवासीय नेपाली संघ बेल्जियमका कार्यसमितिका सदस्यहरुले संघको विधि विधान र परम्परालाई पालना गर्दै संस्थागत आचार संहिताको दायाराभित्र रहन बैठक समितिका सम्पूर्ण अधक्ष्य, पधादिकारी र सदस्यहरुलाई अनुरोध गर्दछ ।

४. आगामी चाड पर्ब तथा निबेदन सम्बन्धमा 

निर्णय : बेल्जियमस्थित बिभिन्न संघसँस्थाद्धारा आयोजना हुने चार्ड पर्व तथा अन्य गतिविधिहरुको लागि आर्थिक सहयोगको लागि निवेदन आएमा त्यस्ता निवेदनको औचित्य हेरि संस्थाकी अध्यक्ष श्रीमती सीता सापकोटाले ३०० (तीन सय) यूरो सम्म दिन सक्ने र थप रकम आवश्यक भएमा कार्यसमितिभित्र छलफल गरेर मात्र आर्थिक सहयोग दिन सक्ने निर्णय गरियो ।

५. आइसिसिमा पंजीकृत सदस्यहरुको शुल्क पठाउने सम्बन्धमा

निर्णय : गैरआवासीय नेपाली संघको विधान अनुरुप बेल्जियमस्थित एनआरएनएका पंन्जिकृत सदस्यहरुको शुल्क संघको केन्द्रीय सचिवालयमा पठाउने निर्णय गरियो । संघका वर्तमान कोषाध्यक्ष अजित तुलाचन र निवर्तमान कोषाध्यक्ष लोकेन्द्र नेपाल (पुष्प)ले समन्वय गरेर तत्कालै सो रकम केन्द्रमा पठाउने निर्णय गरियो ।

६. नयाँ कार्यसमिति स्थानीय निकायमा दर्ता तथा बैंक खाता संचालन सम्बन्धमा

निर्णय : गैरआवासीय नेपाली संघ बेल्जियमको नयां कार्यसमितिलाई स्थानीय निकाय अन्तरर्गत स्तात्सब्लडमा दर्ता गर्ने । सो प्रकृयालाई तत्कालै अघि बढाउनको लागि महासचिव रुविना शर्माले समन्वय गरेर अघि बढाउने निर्णय गरियो । हाल एनआरएनए बेल्जियमका तीन वटा बैंक खाता संचालनमा रहेको हुदां मासिक बैंकिङ खाता शुल्क कटौती गर्नको लागि एक मात्र बैंक खाता संचालन गर्ने र सोही अन्तरर्गत महिला तथा युवाको लागि सेमी खाता संचालनमा ल्याउनको लागि वैंकसंग परार्मश गरेर अघि बढ्ने निर्णय गरियो ।

७. आकस्मिक निर्णयको लागि सचिवालय गठन 

निर्णय : गैरआवासीय नेपाली संघ बेल्जियमको कार्यसमितिको बैठक बस्न नसकेको अवस्थामा आकस्मिक निर्णय गर्नु परेमा ती निर्णयहरु गर्न एक सचिवालयको गठन गरिएको छ । सो सचिवालयमा अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिवहरु, कोषाध्यक्ष र सहकोषाध्यक्ष रहनुहुने छ ।

८. एनआरएनए ११औँ महाधिवेशन तथा उम्मेदवारी 

निर्णय :  गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७ – २० काठमाण्डौंमा हुने महाधिवेसन तथा विश्व सम्मेलनमा एनआरएनए बेल्जियमले सकृय सहभागिता जनाउने र सो महाधिवेसनमा बेल्जियमबाट उम्मेदवार बन्ने सबै पदाधिकारीहरुलाई एक भएर सहयोग र सर्मथन गर्ने निर्णय गरियो ।

९.  युवा सम्मेलन, स्वास्थ्य जनचेतना, न्युज लेटर (विविधि)

निर्णय :  गैरआवासीय नेपाली संघ बेल्जियमले अगामी २ वर्षभित्रमा बेल्जियममा एक अन्तराष्ट्रिय युवा सम्मेलन आयोजना गर्नको लागि आवश्यक अध्यन प्रकृया अघि बढाउने निर्णय गरियो । सो सम्मेलनकोलागि आवश्यक गृहकार्य गर्न कार्यसमितिभित्र रहेका युवाहरु र संघको केन्द्रीय युवा संयोजकबीच आवस्यक छलफल गरेर अघि बढाउने निर्णय गरियो । यस्तै बेल्जियममा रहेका नेपालीहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिने उदेश्यले संघको केन्द्रीय स्वास्थ्य समितिसंग समन्वय गरेर एक भरर्चुअल जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरियो । न्यूज लेटर, नयां वेवसाईट लगायतका विषयलाई अघि बढाउनको लागि अगामी कार्यसमितिको बैठकमा पुनः छलफल गरेर निर्णय गर्ने । बेल्जियममा रहेका महिलाहरुको सम्मेलन तयारी गर्नको लागि महिला उपाध्यक्ष श्रीमती सावित्री गिरीलाई जिम्मा दिने निर्णय गरियो ।

भवदिय
रुविना शर्मा
महासचिव, गैर आवासीय नेपाली संघ, बेल्जियम
आइतवार, १३ अगष्ट २०२३