News

  • Home
  • News
  • NRNA बेल्जियमद्वारा सदस्यता लिनको लागि हार्दिक अनुरोध (सदस्यता समिति बैठकका निर्णयहरु सहित)

NRNA बेल्जियमद्वारा सदस्यता लिनको लागि हार्दिक अनुरोध (सदस्यता समिति बैठकका निर्णयहरु सहित)



सुचना !! सुचना !! सुचना !!

आदरणीय बेल्जियमवासी सम्पूर्ण गैरआवसिय नेपाली महानुभावहरुमा नमस्कार ???? ???? का साथ गैरआवसिय नेपाली संघ बेल्जियम को सदस्यता लिन तथा नवीकरण गर्नको लागि बिनम्र अनुरोध गर्दछौं।

गैरआवासीय नेपाली संघ बेल्जियम २१-२३ को ७ औ पूर्ण बैठकले निर्णय गरे अनुसार सदस्यता वितरण तथा नविकरण समिति यस प्रकार रहेको जानकारी गराउदछौ ।

संयोजक: रमेश कंडेल
सदस्य सचिब: जगदिश सापकोटा
सदस्य: रोशन जोशी (आईसिसी सदस्य)
सदस्य: सुवास भट्ट
सदस्य: शुसिला खतिवडा
सदस्य : हरी भट्टराई
सदस्य: धर्म पाठक

यस समितिको पहिलो औपचारिक बैठक ११ जनवरी २०२३ का दिन गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष खड्क बहादुर केसीको विशेष उपस्थितिमा समितिका संयोजक तथा महासचिव रमेश कंडेलको संयोजकत्वमा अनलाईन मा सम्पन्न भएको थियो।
उक्त बैठकले विभिन्न एजेन्डाहरुमा छलफल गरि सर्वसम्मत देहाए बमोजिमका लिखित निर्णयहरु गरेको छ।

1. गैरआवासीय नेपाली संघ बेल्जियम को २०२३-२०२५ कार्यकालको लागि सदस्यता आम बेल्जियमवासी का लागि जनवरी १५ २०२३ आईतबार देखी खुल्ला गरि जुन १५ २०२३ बिहीबार रातीको १२:०० बजे बेल्जियमको समय अनुसार बन्द गरिने छ।

2. गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्यता लिनको लागि गुगल प्ले वा एप्पल स्टोर बाट SMART NRNA एप डाउनलोड गरेर एप मा भने अनुसार सम्पूर्ण कुराहरु अनिवार्य रुपमा भर्नुपर्ने हुन्छ।

3. गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्यता शुल्क १० युरो राखिएको छ।सदस्यता बापदको शुल्क अनिवार्य रुपमा संस्थाको खाता नं NRNA NCC Belgium ING bank: BE53 3632 0211 0553 BIC: BBRUBEBB मा सदस्य को नाम खुल्ने गरेर लेख्नुपर्ने हुन्छ। नाम नखुलाई आएको रकमलाई गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण तथा नवीकरण समितिले काम कार्वाही अगाडी बढाउने छैन।

4. एपमा सदस्यता भर्दै गर्दा विचमा छोडिएका
फाईलहरु ड्राफ्टमा आएर बस्ने हुनाले सदस्यता भर्न चाहने आफैले पूरा गर्नुपर्ने हुन्छ। पुरा नभएका फाईलहरु एप्रुभ हुदैनन्। त्यसैले ड्राफ्टमा बसेको फाईलहरुको जिम्मा सदस्य आफैले लिनुपर्ने हुन्छ। ड्राफ्टमा भएको फाईललाई सदस्यता वितरण समितिले ईमेल या कुनै तरिकाले जानकारी पठाउन सक्छ। तर त्यस फाईलको जिम्मेवारी लिन सक्दैन।

5. सम्पूर्ण प्रकृया पुरा गरेर आएको फाईलहरु एप्रुभको लागि आउदछ। एप्रुभ हुनको लागि सम्पूर्ण फाईलहरु चेक गरिनेछ। गैरआवासीय नेपाली संघले बनाएको निति नियम आनुसार आएको फाईलहरुलाई एप्रुभ गरिनेछ। यदी संघको निति नियम विरुद्ध आएको फाईलहरु जस्तै : फेक बैङमा पैसा तिरेको प्रमाण, गलत फोटो, गलत कार्डको फोटो देखिएको तुरुन्त रिजेक्ट गरिनेछ। त्यसको प्रमाण राखिनेछ र सार्बजनिक गर्नुपर्ने देखिए सार्बजनिक पनि गरिनेछ। यदी गैरआवासीय नेपाली संघ बेल्जियमको पदाधिकारीहरु , सदस्यहरु, सल्लाहकारज्यूहरु, मानार्थ परिषद सदस्यज्यूहरु, लेखा समिति का सदस्यज्यूहरु बाट नै सदस्यता भर्दा अनियमितता तथा गलत कार्यभएमा तुरुन्त गैरआवासीय नेपाली संघको कार्यसमितिलाई जानकारी गराईने छ । तदअनुरुप सदस्यता वितरण समितिको बैठक बसेर उचित निर्णय लिनेछ।

6. गैरआवासीय नेपाली संघ बेल्जियमको सबै पंजिकृत सदस्यज्यूहरुले यस संघको विधि विधान मान्नु पर्नेछ। यदी कुनै पंजिकृत सदस्य प्राप्त गरिसके पछी पनि संस्थाको हित विपरित काम कार्वाही गरेको ठहरीए यस संस्थाको सदस्यता वितरण समितिको बैठक बसेर तुरुन्त सदस्यता खारेज सम्म गर्न सक्नेछ।

7. सदस्यता भर्दा सामुहिक रुपमा धेरैमा १० जना सम्मको भर्न पाईने छ अर्थात १० जनाको १०० युरो गैरआवासीय नेपाली संघ बेल्जियम को बैङ खातामा दाखिला गर्न सकिनेछ। त्यसरी बैङ दाखिला गर्दा बैङको मेडडेलिङमा क्रमै संग सबैजनाको नाम उल्लेख गर्नुपर्ने हुन्छ। यदी नामहरु स्पस्टरुपमा नआएमा फाईलहरु एप्रुभ हुने छैनन्।

8. सामुहिक सदस्यता बापदको रकम एकचोटीमा १०० युरो भन्दा बढी राख्न पाईने छैन। यदि बढि आएमा गैरआवासीय नेपाली संघ बेल्जियम त्यस रकमको जिम्मेवारी लिनेछैन।

9. सदस्यताको रकम बैङ मार्फत मात्र स्विकार गरिनेछ। क्यास पैसा लिईने छैन। सदस्यता भर्दा Melding मा तपाईको नाम + NRNA Membership 23-25 लेखिदिनु हुन अनुरोध छ।

10. सदस्यताको रकम बैङमा तिर्दैमा सदस्यता पाईने छैन। गैरआवासीय नेपाली संघ ले तैयार पारेको स्मार्ट एनआरएनए एम मार्फत सम्पूर्ण डाटा भरेपछी सही डाटा आएमा मात्र सदस्यता एप्रुभ हुनेछ।

11. म्यासेन्जर, फोन तथा ईमेल मार्फत आएको सदस्यता आवेदन लाई मान्यता दिईने छैन। र यस्तो आवेदन उपर कुनै सुनुवाई हुने छैन।

12. कुनै ब्यक्ति या संघ संस्थाले सदस्यता वितरण सम्बन्धि कुरामा सदस्यता वितरण तथा नवीकरण समितिका सदस्यहरुलाई धम्क्याउने, प्रलोभनमा पार्ने डर देखाउने काम गर्न पाईने छैन। यदी यसो गरेको पाईएमा पहिले सार्वजनिक गरिनेछ। त्यसबाट पनि नभए स्थानिय प्रशासनको मद्दत लिईनेछ।

13. गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण समितिकै सदस्यहरुबाट अनियमिता भएको ठहर भएमा यसको जानकारी कार्यसमिति लाई दिईने । कार्यसमितिको पूर्ण बैठकले जे कार्वाहीको सिफारिस हुन्छ। त्यो कार्यान्वयन हुन्छ र यसको जानकारी केन्द्रमा पनि पठाईनेछ।

14. गैरआवासीय नेपाली संघ बेल्जियम का पुराना सदस्यता कार्ड लाई मान्यता दिईने छैन।
१५ कुनै कारणवस एक ब्यक्तीको एक भन्दा बढि सदस्यता हुन आएमा सदस्यता वितरण समितिले एउटा बाहेक अन्य सदस्यता खारेज गर्नेछ।

16. गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्यता लिनको लागि बेल्जियमको आईडि कार्ड, नेपाली पासपोर्ट भए भिसा सहित, बेल्जियम को ड्राईभिङ लाईसेन्स या पासपोर्ट चाहिनेछ। गैरआवासीय नेपाली संघ बेल्जियमका पुराना कार्डहरु काम लाग्ने छैनन्। त्यसैले एनआरएनएको पुरानो कार्डहरु रिजेक्ट हुनेछ।

17. अहिलेका लागि गैरआवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण तथा नविकरण समितिका संयोजक रमेश कंडेल संग मात्र सदस्यता एप्रुभ गर्ने एक्सेस भएकोमा भविश्यमा कामको चापको आधारमा सदस्य सचिब तथा अन्य सदस्यहरुको लागि एक्सेस दिलाउन केन्द्रमा पत्राचार गरिनेछ। यसको तय सदस्यता वितरण तथा नविकरण समितिको बैठक बसेर निर्णय गर्नेछ।

अन्तयमा,
कुनै समस्या आईपरेमा सदस्यता वितरण तथा नवीकरण समितीका सदस्य मार्फत सहयोग तथा जानकारी लिन पनि सकिनेछ ।

पुनश्च: बेल्जियमा रहनुभएका सबै गैरआवासीय नेपाली बुबाआमा, दाजुभाई तथा दिदीवहिनीहरुमा गैरआवासीय नेपाली संघ बेल्जियमको २०२३-२०२५ को कार्यकालको लागि सदस्यता लिईदिनुहुन साथै लिनको लागि प्रेरित गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।धन्यबाद ????????

रमेश कंडेल जगदिश सापकोटा
संयोजक सदस्य सचिब

सदस्यता वितरण तथा नवीकरण समिति
गैरआवासीय नेपाली संघ बेल्जियम ।