News

  • Home
  • News
  • NRNA बेल्जियमद्वारा प्रस्तावित Nepal House प्रोजेक्टमा लगानी गर्ने र सफल बनाउने प्रतिबद्धतामा लगानीकर्ताद्वारा सर्बसम्मत दृढता ब्यक्त

NRNA बेल्जियमद्वारा प्रस्तावित Nepal House प्रोजेक्टमा लगानी गर्ने र सफल बनाउने प्रतिबद्धतामा लगानीकर्ताद्वारा सर्बसम्मत दृढता ब्यक्त



यहि मिति २७/१२/२०२२ मा NRNA बेल्जियमको नेपाल हाउस बिभाग र नेपाल हाउसमा लगानीको प्रतिबद्धता जनाउनु भएका लगानिकर्ता बिच अनलाइन बैठक बसी प्रोजेक्ट सम्बन्धि बृहत छलफल भयो। उक्त मिटिंगमा NRNA को तर्फबाट नेपाल हाउस बिभागका सदस्य सचिब सुबास भट्टले प्रोजेक्ट सम्बन्धि हालको प्रगति बिबरण पेश गर्नुभयो भने संयोजक खड्ग केसीले लगानी कर्ताहरु बीच उठेका प्रस्नहरु लाइ छलफलमा ल्याउदै प्रष्ट पार्न सहजीकरण गर्नुभएको थियो। उपस्थित लगानीकर्ताको महत्वपुर्ण विचार र अन्तरक्रिया पश्चात निम्न निर्णयहरु गरिएको छ।

निर्णयहरु!

1.  प्रस्तावित प्रोजेक्ट नेपाली समाजका आबस्यकताहरुको परिपुर्ति गर्न सक्ने एक उच्च सम्भावना बोकेको प्रोजेक्ट भएको हुदा हाल खरिद प्रकृयामा हुन आयेको प्राबिधिक ढिलाई तथा याबत चुनौती का बावजूद पनि यो प्रोजेक्टमा लगानी गर्ने र सफल बनाउने कुरामा सर्बसम्मत दृढता ब्यक्त गरियो।

2. प्रस्तावित नेपाल हाउसको खरिद प्रकृयामा छलफल पश्चात् यस प्रकृयामा आइपर्ने डकुमेन्टेसन, लाग्ने समय र स्रोत ब्यबस्थापनको लागि प्रोजेक्ट्को बिस्तृत डिटेल अध्ययन गर्ने । जस्को लागि NRNA को सहभागितामा लेटर अफ इन्टेन्ड हस्ताक्षर गरिसक्नुभएका लगानीकर्ता द्वारा अग्रसरता लिने निर्णय गरियो।
साथै यस प्रकृयामा लाग्ने सामन्य खर्चहरु लगानिकर्ता द्वारा बेहोर्ने।

3. बिक्रीकर्ता द्वारा प्रस्ताब गरिएको ” बिल्डिंग खरिद अगाबै प्रप्रटिको अग्रिम उपभोग गर्न सक्ने” बिषयलाई बिल्डिंग खरिद गर्नको लागी हामीले माग गरेका कागजपत्र उप्लब्ध नभएसम्म सुरु नगर्ने भनि अस्विकृत गर्ने निर्णय गरियो।

4. NRNA को प्रोमोटर शेयरमा लगानी रहने वा नरहने बिषयको निर्णय खरिद प्रकृयामा लाग्ने समयले समेत प्रभाब पार्ने हुदा यस विषयमा पछि निर्णय गर्ने गरि निर्णय गरियो।

5. NRNA को initiative र नेपाल हाउस स्थापनार्थ मेहनेतको कदर साथै समाजप्रतिको उत्तरदायीत्व बहन गर्दै NRNA को लागि अत्यन्त आबश्यक अफिस रुम र साथमा अन्य सुबिधाहरु सहूलियतमा उपलब्ध गराउने गरि NRNA र Nepal House project (investors) बिचमा सहमती गर्ने निर्णय गरियो।

उपस्थिति:

– खड्क बहादुर केसी
– सुबास भट्ट
– रमेश कंडेल
– तिर्थ धमला
– लोक दाहाल
– अर्जुन श्रेष्ठ
– यमु निरौला
– शिब बरुवाल
– अनन्त वस्ती
– दिपक रावत
– गंगा शर्मा
– हरि भट्टराई
– झलक केसी
– लोकेन्द्र नेपाल
– मनोज खरेल