News

  • Home
  • News
  • NRNA Belgium द्वारा घरचोरि रोकथाम-कार्यशाला गर्ने

NRNA Belgium द्वारा घरचोरि रोकथाम-कार्यशाला गर्ने



बेल्जियममा नेपाली घरहरु लक्षित चोरिका घट्नाहरु बढ्दो क्रममा रहेको यहाँहरुलाइ अबगत नै छ। घर चोरी हुदाँ भौतिक सम्पतिको क्षतित हुन्छनै यसको अलवा तपाँइको घरमा कुनै अपरिच व्यक्ति प्रबेश गर्दा अमुल्य गोपनियतामा पनि क्षति हुन्छ। अझ साना केटाकेटी भएको घरमा उनिहरुले प्रयोग गरिरहेको सामान चोरी हुदाँ त्यसले बालमनोबिज्ञानमा पार्ने भावानात्मक क्षती, डर र त्रासले झनै दुखित बनाँउछ। यसै कुरालाइ मनन गर्दै, यसको निराकारणको लागि पहल गर्नु आफ्नो जन-उत्तरदाइत्व बोध गर्दै एनआरएनए बेल्जियमले आफ्नो सातौँ बैठ्ठकबाट निर्णय गरि चोरिको कारण, प्रभाब र निराकरणको लागि एक समितिको गठन गरेको थियो। यसै समितिको लक्ष्य बेल्जियमको बिभिन्न शहरमा चोरि निराकरण संबन्धि सुचनामुलक कार्यक्रम गर्नु र प्रहरिलाइ गहिरिएर अध्यन, अनुसन्धान गर्नको लागि दबाब दिनु रहेको छ। यसै क्रममा पहिलो चरणमा बेल्जियमको लुभेन शहरमा inbrak preventie dienst (चोरि रोकथाम सेवा) सँगको सहकार्यमा एक कार्यशाला गर्न गइरहेको यहाँहरुलाइ अवगत गराउन चाहन्छौँ। उक्त कार्यशाला सोमवार 30th Jan @2pm मा हुन गैरहेको छरहेको छ। मध्यान्न २-५ बजे गर्दा काम गर्नेहरुलाइ ब्रेक समयमा पनि उपस्थित हुन मिल्ने भएकाले यो समयमा गर्ने सोच रहेको छ।

Address: Tiensestraat 92, 3000 Leuven (Nepal Delight Restaurant)

Date: 30th Jan,2023 Monday

Time: 2pm – 5pm

उक्त कार्यशालामा निम्न कुराहरुको बारेमा बिज्ञ मार्फत जानाकारी तथा अन्तरकृया हुनुको साथै श्रब्यदृश्य सामाग्री पनि प्रश्चुत हुनेछ। बिशेषगरि निम्न बिषयमा जानाकारी प्रदान हुनेछ।

– कुन कुन बिधिको प्रयोग गरि चोर घर प्रबेश गर्ने गर्छ?
– चोरले चोरि गर्नकोलागि कस्तो घरलाइ छनौट गर्छ?
– घरको कुन ठाँउमा पहिला प्रबेश गर्छ?
– चोरलाइ अफ्ठ्यारो बनाउन के गर्नु पर्छ?
– क्यामेरा र अलार्म सिस्टम कसरि प्रयोग गर्ने?
यु लगाएत बिभिन्न कुरामा जानाकारी प्रदान हुनेछ। यो कार्यक्रमले चोरि मनोबिज्ञान बुझ्न सबज हुनेछ।

उक्त कार्यक्रममा भाग लिन चाहनुहुने महानुभाबहरुले निम्न व्यक्तिहरुलाइ सम्पर्क गर्नुहुन अनुरोध छ। आँफुलाइ उपयुक्त दिन र समय पनि सुझाब सहित जानाकारी गर्नु भएमा दिन र समय निर्धारण गर्न सहज हुने छ।

सम्पर्कः
1. खड्क बहादुर के. सीः 0484 67 30 86
2. रोशन जोशीः 0497 67 32 65
3. मदन दबाडीः 0488352822
4. रुबिना शर्माः 0489 29 75 94
5. काशि दनैः 0485 64 03 96
6. जगदिस साप्कोटाः 0486 27 38 60

धन्यबाद!