President Corners

  • Home
  • President Corners
  • विभिन्न निर्णय गर्दै सकियो एनआरएनए बेल्जियमको ७ औ पूर्ण बैठक

विभिन्न निर्णय गर्दै सकियो एनआरएनए बेल्जियमको ७ औ पूर्ण बैठक



लुभेन: गैर आवासीय नेपाली संघ बेल्जियमको ७ औ पूर्ण बैठक सम्पन्न भएको छ । बैठक संघका आइसिसी सचिव गंगाधर गौतम, कोषाध्यक्ष लोक प्रसाद दाहाल, केन्द्रीय प्रवक्ता शिब कुमार बरुवाल, युरोप सहसंयोजक चित्र सुबेदी, युरोप युवा सहसंयोजक दिपक न्यौपाने, आईसिसी सदस्यहरु रोशन जोशी (भीम) तथा गंगा प्रसाद शर्माको बिशेष उपस्थितीमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष खड्क बहादुर केसीको अध्यक्षतामा लुभेन शहरमा सम्पन्न बैठकमा संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, निवर्तमान केन्द्रीय महिला संयोजक रजनी प्रधान, उपाध्यक्ष तीर्थराज धमला, युवा उपाध्यक्ष राजेश केसी, सचिव सुवास भट्ट, सचिव जगदीश सापकोटा, कोषाध्यक्ष पुष्प नेपाल, प्रबक्ता दिपक राउत, सदस्यहरु रुविना शर्मा, लक्ष्मी सुबेदी, ज्ञानु बरुवाल, सल्लाहकार झलक केसी,. कृष्ण तिवारी, विज्ञ समिति सदस्य सनत आचार्य, मानार्थ परिषद सदस्य ओम शर्मा तथा लेखा समिती सदस्य मदन दवाडीको उपस्थिति थियो।

बैठकमा नेपालबाट आउनुभएका कलाकारहरु मल्लिका कार्की र पल्पसा डंगोललाई संस्थाका अध्यक्ष खड्क बहादुर केसीले खादा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो। बैठकलाई महासचिव रमेश कंडेलले सञ्चालन गर्नुभएको थियो।

यस्ता छन् बैठकका निर्णयहरु:

1. गैरआवासीय नेपाली संघ बेल्जियम २०२३-२०२५ कार्यकालको लागि अधिवेशन सम्पन्न गर्न निम्न समितिहरु गठन गरिएको छ।
क) सदस्यता वितरण तथा नविकरण समिति:
संयोजक: रमेश कंडेल
सदस्य सचिब: जगदिश सापकोटा
सदस्य: सुवास भट्ट
सदस्य: रोशन जोशी
सदस्य: शुसिला खतिवडा
सदस्य : हरी भट्टराई
सदस्य: धर्म पाठक
ख) विधान समिति :
संयोजक: कृष्ण तिवारी
सदस्य: दिपक न्यौपाने
सदस्य:ईन्द्र ओली
सदस्य: मनिश गुरुङ
सदस्य: शुभास गुरुङ
2. नेपाल महोत्सव २०२३ बेल्जियमको लुभेन शहरमा १६ अप्रिल २०२३ आईतबार का दिन आयोजना गर्ने निर्णय सहित मुल आयोजक समिति तथा ब्यावस्थापन समिति गठन गरियो।
क) मुल आयोजक समिति:
संयोजक: खड्क बहादुर केसी
सदस्यहरु:
-संस्थापक अध्यक्षज्यू
-NRNA बेल्जियम का सम्पूर्ण पूर्व अध्यक्षज्यूहरु
-एन आर एन केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु
-बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्षज्यूहरु
यसोदा थापा
झलक के सी
-पत्रकारज्यूहरु
ओम शर्मा
केजिन राई
सनत आचार्य
ख) ब्यावस्थापन समिति
संयोजक: तिर्थ राज धमला
सदस्यहरु:
लोकेन्द्र नेपाल
राजेश केसी
दिपक राउत
मदन दवाडी
रुविना शर्मा
काशी दनै
चिरण कुमार खवास
महिल्दो वाईवा
सुमित पौडेल
3. हाल सम्म लेवि तिर्न बाँकी पदाधिकारी तथा सदस्यहरु लाई लेवी भुक्तानीको लागि औपचारिक रुपमा पत्राचार गर्ने निर्णय गरियो । लेवी भुक्तानी नभएमा विधान अनुसार अगाडी बढ्ने निर्णय गरियो।
4. संस्थाले प्रकाशित गरेको स्मारिका “बेल्जियम दर्पण“ मा विज्ञापन दिएर भुक्तानी नआएका विज्ञापनदाताहरुलाई औपचारिक रुपमा पत्राचार गरेर भुक्तानिको लागि अनुरोध गरिने निर्णय गरियो।
5. निस्कृय रहेका सदस्यहरुलाई सकृय वनाउन उत्प्रेरित गर्ने साथै निस्कृयनै रहेमा विधान अनुसार अगाडी बढ्ने निर्णय गरियो।
6. “एक पटकको नेपाली सधैको नेपाली” भन्ने हाम्रो मुलमर्म संग जोडिएको नागरिकता विषय जोडदाररुपमा उठाउदै केन्द्रलाई यस्को जानकारी दिने निर्णय गरियो।
7. बेल्जियममा नेपालीहरुको घर चोरी सम्बन्धि अध्ययन र सुझाबको लागि “घर चोरी अध्ययन तथा सुझाब समिति” गठन गरियो।
संयोजक: मदन दवाडी
सदस्य: जगदिश सापकोटा
सदस्य: रोशन जोशी (भिम)
सदस्य: काशी दनै
सदस्य: रुविना शर्मा
8. गत १४ सेप्टेम्बर २०२२ मा ब्रुजमा भएको १७ औं साधारण सभामा केही कमिकमजोरी सहित भब्यरुपमा सम्पन्न भएको र आगामी दिनहरुमा भएका कमिकमजोरी बाट पाठ सिक्दै अगाडि बढ्ने निर्णय गरियो।
9. नेपाल हाउस सम्बन्धि छलफल हुदा नेपाल हाउसमा लगानी गर्न प्रतिबद्धता जनाउनु हुने लगानीकर्ताहरु माझ छलफल गर्न निर्णायक मिटिङको आयोजना गर्ने निर्णय गरियो।
10. एन आर एन ए बेल्जियम को १९-२१ कार्यकाल मा एन आर एन केन्द्र को एक देश एक परियोजना कार्यक्रम अन्तरगत सरुवा रोग निवारण अस्पताल पोखरा का लागि अक्सिजन प्लान्ट पठाएकोमा पोखरा नगरपालिका र प्रदेश सरकार बाट सहयोग गर्ने प्रतिबद्धता भए अनुसार कार्यान्वयन नभएको हुदा बाकी रकम भुक्तानी गर्न नेपालको सम्बन्धित निकायमा समन्वयका लागी एन आर एन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरियो।
11. विविध निर्णयहरु
गैरआवासीय नेपाली संघ बेल्जियमको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत
क) लायन्स क्लब पर्वत, भुमेकोट लाई ३०० युरो सहयोग।
ख) INAS बेल्जियमले ब्रुजमा सञ्चालन गरेको “INAS Dance School, Brugge लाई ३०० युरो सहयोग ।
ग) कर्णालीका बाढी पहिरो पिडित बालबालिका सहयोग अभियानलाई ५०० युरो सहयोग गर्ने निर्णय गरियो।

Credit: bishwosandesh.com